सत्ययुगमा मध्यदेशको प्रधानता

सत्ययुग (३५०० ई०पू०)ः– भारतको अर्वाचीन नाम मध्यदेश हो । अहिलेको भारत भूभागमा काश्मिरको खैबर दर्रा (गुफा) भएर आर्यहरुको आगमन ३५०० ई.पू. भएको थियो, (राँगेय राघव, प्रा०भा०प०ई०, पृष्ट १२४) । इतिहासकार पार्जिटर पनि आर्यहरुको आगमनको यस तिथिबाट सहमत देखिन्छ । पार्जिटरले पुराण गवेषणाको आधारमा आर्यहरुको आगमनको तिथि निर्धारित गरेको छ । आर्यहरुको प्रथम पुरुष मनुले आर्यभूमिलाई ‘मध्यदेश’ नामाकरण गरेको थियो ।

     हिमवदिवन्ध्ययोर्मध्यं यत्प्राग्विनशनादपि । प्रत्यगेवप्रयागाच्च मध्यदेशः प्रकीर्त्तितः ।।२१।।

    आसमुद्रात्तु वै पूर्वादासमुद्रात्तु  पश्चिमात् । तयोरेवान्त गिर्योरार्यावर्त्तविदुर्बुधाः ।।२२।।  मनुस्मृति, अध्याय १

    “शब्दकल्पद्रुम” मा पनि आर्यावर्तको अर्थ ‘विन्ध्यहिमालयोर्मध्यदेशः‘ उल्लेख छ ।

     अमरकोषमा “आर्यावर्त्तः पुण्यभूमिर्मध्यं विन्ध्यहिमालयोः” उल्लेख छ ।

        मनुस्मृतिमा मध्यदेशको सीमा उत्तरमा हिमाल, दक्षिणमा विन्ध्याचल पर्वत, पूर्व र पश्चिममा समुद्र उल्लेख गरिएको छ । आर्य संस्कृतिको उद्भव तथा विस्तार यहीं भएको हो । १२औं शताब्दी सम्म मध्यदेश शब्द प्रचलनमा रह्यो, त्यसपछि मध्यदेशको उल्लेख भएको पाइदैन । आर्यको यसै भूमिलाई ‘आर्यावर्त’  ‘हिन्दी प्रदेश’ पनि भनियो । भारतको इतिहास मध्यदेशको इतिहास हो । यूरोपीय विद्वानहरुको अनुसार आर्यहरुको संस्कृतिको प्राचीनतम तथा शुद्धतम रुप भारतको मध्यदेशमा पाइन्छ । ईरानी संस्कृति मध्यदेशीय संस्कृतिको सन्निकट थियो, ग्रीक अलि टाढा र जर्मनी धेरै टाढा थियो । वैदिक संहिताहरु,ब्राह्मण ग्रन्थहरु तथा उपनिषदहरुको रचना स्थल मध्यदेश थियो । राम, कृष्णको क्रीडा स्थल, महाभारत तथा पुराणहरुको लेखन, वाचन, ऋषि, मुनीको आश्रम, बुद्ध र महावीरको कार्यक्षेत्र, विदेशी, तुर्की, मुगल तथा अंग्रेजहरुको शासनको केन्द्र मध्यदेश थियो, (धीरेन्द्र वर्मा, प्रस्तावना, पृष्ट १०) ।

     मध्यदेश आर्यहरुको संस्कृतिको विकास स्थल रहेको र आधुनिककालमा देशहरुको राजनीतिक सीमांकन हुँदा मध्यदेशका पूर्वदेखि पश्चिम सम्मको उत्तरी भू–खण्ड नेपालको भू–भागमा पर्न आएकोले यो मधेशको नामले प्रचलित भएको देखिन्छ ।

     आर्यहरुको कबिला जसमा अनेक गणहरु थियो, भारतमा आयो । आर्यपथ उत्तर पश्चिम हिमालबाट दक्षिणमा आएका हुन । आर्यका प्रथम पुरुष मनु थियो । भारतको उत्तर पश्चिम भूभागमा आर्यको आगमन भन्दा पहिले असुर, दैत्य, दानव, द्रविडको उपस्थिति थियो । विद्वानहरुको भनाइ अनुसार ऋग्वेद कालमा देवासुर संग्रामको माध्यमले आर्यहरु यस भूभागमा आफ्नो वर्चस्व कायम गर्यो । मनु देवयुगको अन्तिमकालमा भएको थियो । प्रलयपछि मनुले सृष्टि गरेको हो । प्रलयको समय ३५०० देखि ३००० ई० पू०को बीचमा इतिहासकारले मान्दछ । मनु कालबाट एउटा नयाँ समाजको शुरुवात भएको हो ।

       प्रलयमा असुरहरु उत्तरतिर भाग्यो । देव पार्वत्य प्रदेशमा चढ्यो । मनुको कबीला भारतमा आयो । सत्ययुग सम्म मनुको कबीला तथा उत्तरवासी देवहरुमा निकट सम्बन्ध थियो । ऋग्वेदकालको अन्त या मध्य सम्म असुर, दैत्य, दानव उत्तर पश्चिमबाट दक्षिणतिर लागे र केही पूर्वतिर प्रस्थान गर्यो । एपिक मायथोलोजी, पृ. ४८ अनुसार दैत्य, दानव र राक्षसहरुलाई देवहरुले कृतयुगको अन्तमा स्वर्गबाट निकाल दियो र यिनीहरु समुद्र निकट वनमा, पहाडमा गएर बस्यो ।

      देवयुगमा सोमरसको धेरै महत्व थियो । परवर्त्ती आर्यकालमा पनि सोमको महत्व कायम थियो । सोम पर्वतमा पाइन्थ्यो जो अति दुर्लभ मानिन्थ्यो । देवसंग आर्यको सानिध्य रहेको कुरा प्रष्ट हुन्छ । आर्य गन्धर्वहरुलाई द्रव्य दिएर सोम मगाउँथ्यो । सोम आर्य सम्बन्धको प्रतीक थियो । यज्ञपछि सोमपानको बिशेष रीति थियो । सोम प्राप्त गर्नु विजय अभियान जस्तै थियो ।

      भारतको उत्तर पश्चिममा द्रविड तथा उत्तरदेखि पूर्वसम्म गंगा प्रदेश, हिमालय आदिमा आस्ट्रिक जातिहरुको बसोवास थियो । द्रविडहरुको नगर सभ्यता विकसित अवस्थाको थियो । द्रविड कृषिकार्य, पशुपालन, नगर निर्माणादि कार्यमा सिद्घहस्त थियो । यसमा जातिभेद थियो । द्रविड समाज मातृसत्तात्मक थियो ।

      आस्ट्रिक मध्यभारत देखि पूर्व सम्म फैलिएको थियो । उनको नगर थिएन । प्रधानतः ग्राम सभ्यता थियो । आर्यहरु दक्षिण पंजाब र सिन्धुप्रदेशलाई छाडेर आर्यप्रसारका लागि पंचनद पार गरेर गंगाको मैदानमा प्रवेश गर्यो, किनभने आस्ट्रिकहरुलाई सजिलै जित्न सकिन्थ्यो । (इण्डो आर्यन हिन्दी, पृष्ठ ४४–४५)

     पुराणहरुका अनुसार वैवस्वत मनु भन्दा पहिले अर्थात प्रलयभन्दा पूर्व ६ मनु भई सकेको थियो : स्वायम्भुव, स्वारोचिष, औत्तमी, तामस, रैवत तथा चाक्षुष, (इंहिक्वा ३, पृष्ट २८) । वेदिक इंडैक्स (२, पृ.१२९) अनुसार काठक संहितामा मनुकी पत्नि मानवी थिई । नाभानेदिष्ट मनुको पुत्र थियो । पर्शु मानवी पुत्री थिई । मैत्रायणी संहिता अनुसार मनुको दश पत्नि थियो । मध्यदेशको प्रायः सबै राजवंश मनुबाट प्रारम्भ भएको थियो । धर्म, वर्ण व्यवस्था स्थापित गर्ने मनु थिएन, वैवस्वत मनु थियो । नियमकार मनु स्वयंभू नामले प्रसिद्ध थियो, (राँगेय राघव, प्रा०भा०प०ई०, पृष्ट १२८) । इतिहासमा धेरै मनुहरु समाज विकासमा लागेको उल्लेख छ । सत्ययुग अर्थात मनुयुगको राजवंशावली पार्जिटर अनुसार यसरी उल्लेख छ : मनु, इला, पुरुर्वस, आयु, नहुष, ययाति, यदु, द्रुह््यु, तुर्वसु, पुरु, अनु, इक्ष्वाकु, ककुस्थ, पृथु, निमि, मिथिजनक, नाभानेदिष्ट, जनमेजय प्रथम, युवनाश्व, हैहय, हर्याश्व, देवरात, चित्ररथ, शशविन्दु, मतिनार, पुरुकुत्स, त्रसदस्य, जन्हु, दिवोदास, कृतवीर्यार्जुन, वीतिहोत्र, गाधि, विश्वामित्र, हरिश्चन्द्र ।

        मनुको वंशमा ब्राह्मण, क्षत्रिय आदि भयो । ब्राह्मण वेदज्ञ, क्षत्रिय कर्मयोगी भयो । वैवस्वत मनुको १० क्षत्रिय सन्तान क्रमशः नाभागारिष्ट, वेत, धृष्णु, नरिष्यन्त, नाभाग, इक्ष्वाकु, कारुष, शर्याति, पृषध्र र कन्या इला भयो । इला र बुधबाट पुरुरवाको जन्म भयो । पुरुरवा ब्राह्मण विरोधी, अमानुष अनुचरका साथ समुद्रको तेरह द्वीपमाथि शासन गर्दथ्यो । पुरुरवा र ऊर्वशीबाट ६ सन्तान क्रमशः आयु, धीमान, अमावसु, दृढायु, वनायु, शतायु, भयो । आयुको ५ सन्तान नहुष, वृद्ध शर्मा, रजि, जय, अनेना भयो । नहुषबाट यति, ययाति, संयाति, आयाति, अयति, ध्रुव भयो । यति ब्रह्मज्ञ, ययाति राजा भयो । ययातिको दुई स्त्रिहरु देवयानीबाट यदु, तुर्वसु र शमिष्ठाबाट द्रुह्यु, अनु, पूरु भयो, (राँगय राघव, प्रा०भा०प०ई०, पृष्ट १५६) । एपिक मायथाँलाँजी  (पृ १६२) अनुसार पनि ययातिको उपरोक्त ५ वटा सन्तानको उल्लेख पाइन्छ ।

२०६९ बैशाख २९ गते मधेशवाणी  साप्ताहिकमा प्रकाशित 

Leave a Comment

error: Content is protected !!