शासकवर्गको परिवर्तनसँगको सम्बन्ध

नेपालको छोटो राजनीतिक ईतिहास खण्डमा वंश, महिषपालकवंश, किरातवंश लिच्छवी र मल्लवंशका राजाहरूले राजाहरूले अफ्नो कोशल, पराक्रम अनुसार शासन गरे । लामो समयसम्म आफ्नो आफ्नै वंश परम्पराको अस्तित्व कायम राखी नेपाली शासनमा उल्लेखनीय योगदान गरेपनि परिवर्तनको आँधीलाई छेक्न सकेन र परिवर्तनको तीव्र प्रवाहमा आफ्नो वंश परम्परा विलिन भयो ।

सानो सानो भूखण्डमा जात, वंशको विकसित भएको वर्चस्व अनुसार राज्य कायम गरि शासन गर्ने परम्पराको थालनी यो हिमक्त खण्डमा सुरू भयो । कौतुहलको विषय के हो भने जनककालीन प्राचीन भारतको नकशामा वर्तमान नेपालको ठाउँमा “हिमावत श्रेणी” लेखिएको छ (प्राचीन भारतका राजनीतिक इतिहास,–डा. हेमचन्द्र राय चौधरी, पृष्ठ ४५) यसले के साबित गर्दछ भने वर्तमान नेपाल त्यतिबेला राजनैतिक स्वरूप धारण गर्न अभ्यास गरिरहेको थियो । यही क्रममा उपरोक्त शासकहरको उदय भएको थियो ।

पृथ्वीनारायण शाहको पालामा बाईसी, चौविसे, तथा अन्य साना राज्यहरू एकीकृत भई नेपालको विशाल शासकीय क्षेत्रको निर्माण भयो । यहीँबाट शाहवंशीय राज्य परम्पराको शुरूवात् भयो । राज्यहरूलाई हात पार्ने “युद्ध अभियान” मा सबै राजनीतिका लडाकू दस्ता तयार गरि आधुनिक नेपाल बनाउन सफल पृथ्वीनारायण शहले सेना र राज्यसत्ता संचालनको कार्यबाट खसवर्गलाई नै सुम्पेको, उनको दिव्योपदेशमा स्पष्ट उल्लेख छ ।

खस शासकवर्गलाइृ नेपाल अधिराज्यको शासन सत्ता धरोहरको रूपमा सुम्पेर पृथ्वीनारायण शाह पृथ्वीलाई छोडे । “पिता, पुर्खाले अज्र्याको मुलुक” भनेर एकसूभीय वर्गीय भावना फैलाएर नेपालको शासन सत्तामाथि खसवर्गको एकाधिकार कायम भएको छ । आफ्नै वर्गमा शासनको विरूद्ध हत्या, हिंसाद्वारा सत्ता कब्जा गर्ने घटनाहरू बेला, मौकामा नभएको होइन, तर सत्ता खसवर्गभन्दा बाहिर गएन । राणाहरू १०४ वर्ष शासन गरि राजालाई अप्रत्यक्ष कैदमा राखेको प्रत्यक्ष इतिहास छ । राणाहरू खसवर्गकै शासक हुन् । नेपालमाथि आफ्नो मात्र अधिकार बुझ्ने कट्टर विचार राख्ने आफूलाई असली गोर्खाली ठान्दछन् । तथा पृथ्वीनारायण शाहका अनुयायी पनि कहलाउँछन् । यही वर्गमा राजनीतिक अभ्यासमा क्रममा विकसित उदारवादका समर्थकलाई गोर्खालीहरू अगोर्खालीको रूपमा हेर्ने दृष्टिकोणले अन्तद्र्वन्द्व जन्माएको छ । यही दुई शक्तिबीच बेलाबेला टकराहट भई सत्ता कब्जा गर्ने काम हुँदै आएको छ । २००७ सालको क्रान्तिलाई “प्रजातान्त्रिक जीत भनिए पनि राणाबाट सत्ता खोसेर राजालाई दिने परिवर्तन थियो । कालान्तरका राजनीतिक दृश्यले यसको पुष्टि गर्दछ ।

विश्वको बरलिदो परिवेश, जनता राजनीतिक चेतना पाएर जागृत हुनु, शासनको स्वेच्छाचारित, शासनमा स्वार्थ पूरा हुन नसकेकाको जमातको पारस्परिक असन्तुष्टताको एकाकारले ठूलो विद्रोहलाई जन्म दिन्छ र एउटा शासकलाई अपदस्थ गरि अर्को शासक बनाउने परिवर्तनले आफ्नो कार्यभार पूरा गर्दछ । परिवर्तनको यो स्वाभाविक प्रक्रिया नेपालमा पनि देखिएको छ । तर नेपालको जुनसुकै आन्दोलनले सरकार परिवर्तन त ग¥यो तर वर्ग परिवत्र्तन गर्न सकेन । पटक पटक सत्तामा एउटै वर्गका फरक फरक अनुहार शासन गर्न गए । परवर्तनको राप र तापलाई आत्मसात गरि बडो चमत्कारी ढंगले आफ्नो वर्चस्व कायम राख्ने चातुथ्र्य धेरै शासकमा हुँदैन ।

नेपालको शासनमा गोर्खाली होस् वा अगोर्खाली पालैपालो खसवर्गको शासकीय परम्परालाई कुनै परिवर्तनले बदल्न सकेको छैन । २५० वर्षदेखि खसवर्गीय शासकीय परम्परा कायम छ । खसवर्गीय राज्यसत्तालाई धक्का दिन आएका जनपक्षीय आन्दोलनलाई पनि शासकहरूले आफ्नो सर्वोच्चिता कायम राख्दै जुन आवाजलाई स्वीकार गरि राज्य पुनर्संरचना समेत गरेर देखायो । संघीय सरकार प्रादेशिक अधिकार सबैकुरा गरेर देखाए पनि केन्द्रीय तथा प्रदेशमा खसवर्ग कै वर्चस्व कायम रहेको कुरा कसैलाई बुझाई राख्नु पर्दैन ।

मधेशी, जनजाती, थारू, मुस्लिम, महिला आदिको जनसंख्या बढ्दै गएको र राज्यसत्तामा समान अधिकार नरहेकोले यिनको असन्तुष्टता पनि समान छ । हक, अधिकारको लडाई पनि समान रहेकोले एकतावद्ध संघर्षको स्वाभाविकतालाई नकार्न सकिंदैन । एकतावद्ध संघर्ष पनि भयो । सरकारले माँग स्वीकार गरि सम्झौता पनि ग¥यो । तर पनि संघर्षरत समुदायले अपेक्षित सफलता पाउन सकेन । शासकवर्गभने परिवर्तनको भयंकर आँधीमा पनि बिना क्षति आफ्नो अस्तित्व बचाउन सफल रह्यो । उपरोक्त समुदाएको एकीकृत संघर्ष जनसंख्याको हिसावले ८० प्रतिशत शासकवर्गले विगत १३ वर्षमा कसरी प्रबन्ध मिलाए, अध्ययन र अनुसन्धानको विषय हो ।

विभिन्न विचार लिएर भिन्नभिन्न पार्टी खोलेर बसेको खसवर्गीय शासकहरूले मधेशी, जनजाती, थारू, मुस्लिम, महिला आदिको अधिकार दिने कुराको विरोधका कसरी सबै एकजूट भई मोर्चा बनाए संविधान सभाको तस्वीर साक्ष्यु प्रमाण दुरूस्त छ । कहिले कम्युनिष्ट, कहिले कांग्रेस, कहिले राजाको शासन प्राप्त गर्न यो तीन शक्तिले उठाएको आन्दोलन भनी जनताबाट शहादत दिलाउन तत्पर यी शासकवर्गको जनतालाई दिने अधिकारप्रति खासै चासो देखिदैन ।

भिन्न मतावलम्वी खस शासकलाई सत्तारोहण गराउन उठाईने पटक पटकको आन्दोलनले जनताको राजनैतिक चेतनालाई उत्कर्षमा उठाई सकेको छ । हरेक आन्दोलनमा शासक जीतेको र जनता हारेको अवस्थामा जनतामा राजनीतिक परिपक्वता बढेर गएको छ । शासकवर्गको रणकोशल र कूटनीतिक चातुच्र्यलाई जनतालाई गम्भीरतापूर्वक हेरे । पाएको असफलताले जनतालाई परिष्कृत आन्दोलन उठाउने हौसला प्रदान गरेको छ । शक्तिशाली सरकारको निकम्मापनले जनतालाई पुन ः उठ्नमा विलीन भई सकेकाले वर्तमान शासकहरू शाश्वत हुन भन्न कुरा कसले विश्वास गर्ला । सृष्टिका तेजस्वी, प्रतापी सूय पनि १२ घण्टापछि अस्तित्वहीन हुन्छ भने खसवर्गीय शासनको के महत्व ? आवश्यकता छ यो शासकको कूटनीतिक चातुर्यको अध्ययन गर्नु र सोही बमोजिम आन्दोलनको सूभपात गर्नु ।

“बाहुाको सबार भन्याको बयल हो, पातक लाग्छ, ठकुरीको सबार भन्याको सिंघ हो पछाडि दगा हुन्छ, मग्रको सबार भन्याको टागन घोडा हो, ढिलो हुन्छ, षसको सबार भन्याको ताजि तुर्कि घोडा हो, षसको सवार ग¥या चाँडो होला………… ।”
२०७६ फागुन २३ मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!