वैकल्पिक शक्ति निर्माणका चुनौतीहरु

अहिले राजनीतिक वृतमा राजनीतिक वैकल्पिक शक्ति निर्माणको होडवाजी चलेको छ । कतिपय स्थानीय चुनावलाई लक्षित गरेर नयाँ पार्टी बनाए र केही सीट जितेर अस्तित्वमा पनि आएका छन् । अहिले न्यूज २४ टि.भी संचालक रवि लामिछानेले मंगलवार हजारौं आफ्ना समर्थकबीच राष्ट्रिय सभागृहमा बढो तामझामका साथ आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् । यसरी शीर्ष ५ पार्टीसंगै १ सय २५ भन्दा बढि पार्टी देशमा सुशासन ल्याउन र देशलाई समृद्ध बनाउन राजनीतिक प्रतिस्पर्धामा होमिएका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले र विभाजित माओवादी पार्टीको विकल्पमा राष्ट्रिय पार्टी निर्माणका लागि बडो जोश, जाँगर र उत्साहका साथ बाबुराम भट्टराईले खडा गरेको नयाँशक्ति पार्टी ०७४ को चुनावमा आपूmबाहेक एउटा पनि सीट जित्न पाएन । पार्टीले राजनीतिक प्रतिष्ठा स्थापित गर्न नसकेर बाबुराम भट्टराईका अनेक सहकर्मीहरु मातृ पार्टीमा फर्किए । बाबुराम अनाथ जस्तै भएर अन्ततः उपेन्द्र यादबको पार्टीसंग एकीकृत भए । समान स्वार्थ र महत्वाकाँक्षाको टकराहटमा उकुसमुकुसको स्थितिमा लामो समयदेखि वैचेन बाबुराम भट्टराई मधेशी साँसद र केन्द्रीय सदस्यको भए बहुमत नभए ४० प्रतिशतको संख्या लिएर आफ्नो नेतृत्वमा अलग पार्टी घोषणा गर्न ठीक पारेका छन् । यो सुनौलो अवसर मधेशी साँसदहरुले जुराई दिएका छन् ।

स्थानीय चुनावमा शहरी क्षेत्रका सचेत मतदाताले बाहुबली पार्टीहरुको बलियो उपस्थितिका बावजूद स्वतन्त्र व्यक्तिलाई मत दिएर आफ्ना वितृष्णा पोखेका छन् । देशभरि ठूलो संगठन र सघन नेटवर्क भएको पार्टीहरुले बाटो विराए, देशलाई संचालन गर्न सकेन । स्वार्थ प्रतिस्पर्धामा लागेर देशमा आर्थिक, सामाजिक, राजनीतिक, कूटनीतिक अराजकता ल्याएर देशलाई संकटमा धकेल्यो, मतपत्रबाट जनताले ठूला पार्टीलाई यही सन्देश दिन खोजेको हो । यसलाई राष्ट्रिय मुद्दा बनाएर नव अवसरवादीहरु सत्तामा छिर्ने प्रयासमा नयाँ वैकल्पिक शक्ति निर्माणका कुरा गर्दै छन् । जनताको वितृष्णालाई आधार बनाएर पार्टी निर्माण गरेकाहरु बाबुराम भट्टराई, रविन्द्र मिश्र, उज्ज्वल थापाहरुको के हविगत भयो । एक सीट पनि जित्न नसकेर पार्टी विरामावस्थामा पुग्यो ।

चुनावको बेला अवसरवादीहरुको जमात लिएर काठमाण्डौंमा घोषणा हुने पार्टीहरुले राजनीतिक बृतको खेलमा सहभागि हुन ४, ५ बटा सीट पनि चुनावमा ल्याउन सकेन भने त्यो पार्टीको कुनै भविष्य हुँदैन । घोषित पार्टीहरुको राजनीतिक धरातलमा संगठन हुँदैन, अवसर न पाएर अवसरवादीहरु छोडेर जान्छन् । त्यसपछि पार्टीमा गुट, उपगुट बन्न थाल्छ र पार्टीको भविष्यमाथि प्रश्नचिन्ह खडा हुन्छ ।

स्थानीय चुनावमा शहरी मतदाताहरुले ४ बटा स्वतन्त्र जिताएर शीर्ष दलहरुलाई सच्चिन संकेत गरेका हुन् । शीर्ष दलहरु आउट अफ ट्र्याकमा छन् । आफ्नो जिम्मेवारी बोध गराउन मतदाताहरुले त्यसरी स्वतन्त्रलाई ल्याएर आक्रोश पोखेका हुन् । राज्यसत्ता संचालकको रुपमा जिम्मेवारी वहन गर्ने जनादेश पाएका व्यक्तिहरु देश र जनताप्रति कुनै माया नहुनु दुर्भाग्यपूर्ण कुरा हो । देशलाई संकटपूर्ण अवस्थामा पु¥याउने यही तीन दल हो, तर पनि यिनमा आत्मआलोचना छैन । सउबैले एक अर्कामाथि दोषारोपण गर्ने प्रयासमा छन् । आपूm ठीक र अरु सबै बेठीक सोच राख्ने नेताहरु आफ्नो कार्यकर्ताको नजरमा देउता होला, देशको नजरमा कुपात्र नै ठहरिन्छ ।

आमूल परिवर्तन गर्ने दावाका साथ आएका माओवादी राज्यसत्तामा आमूल परिवर्तन त गर्न सकेन, आफै रुपान्तरित भएर यथास्थितिमा पुगे । यथास्थितिके व्यथा बोक्न नसकेर माओवादी पार्टी छिन्नभिन्न भयो । माओवादीको यस्तो हविगत किन भयो यसको हजारौं कारण होला तर मुख्य कारण भने राज्यसत्ता नै हो । जतिसुकै क्रान्तिकारी विचार राखेपनि, बलिदानी संघर्ष उठाएर आएपनि सत्ता समक्ष आत्मसमर्पण गर्ने प्रथा नै चलेको छ ।

मधेशी, जनजाती, थारु, दलित, महिला, मुश्लिम आदि अधिकारका लागि जोसुकै संघर्ष वार्तामा टँुगिएको छ र केही माँगहरु (राज्यसत्तालाई बढि क्षति पु¥याउन नसक्ने) पूरा गरि बाँकी सबै माँगहरु रद्दीको टोकरीमा फालिएका छन् । अधिकार माग्ने दलहरु आफ्नो माँग छाडेर राज्यसत्ताको सुख सुविधा भोग्न रमाए । अधिकारवादी पार्टीहरुको वैचारिक विचलनका कारण उसको लोकप्रियता बढ्नुको सट्टा क्षयीकरणमा पुग्यो । आन्दोलनबाट अर्जित राजनीतिक प्रतिष्ठा शनैःशनैः कम हुँदै पार्टीको अस्तित्वमाथि प्रश्न खडा गरि दिएको छ ।

क्षेत्रीय पार्टीको रुपमा उदाएका जसपा जातीवादी पार्टीमा रुपान्तरित भएर राजनीतिक प्रतिष्ठा बढाएको कि घटाएको विचारणीय कुरा त छँदैछ, जातीवादी साख पनि बचाएर राख्न सकेन । सुनिन्छ यादब साँसदहरु विरक्तिएर बाबुराम भट्टराईलाई पार्टी फोड्न सहयोग गर्दैछन् । अधिकारवादी पार्टीहरुको यसरी क्षयीकारण राम्रो कुरा त होईन, तर यसका संचालकहरुलाई भएको नारदमोह पनि क्षयीकरणका दोश्रा कारण हुन् । जसपामा पार्टी विभाजनको पीडा, लोसपामा चार नेताबीचको अन्तद्र्वन्द्वले राजनीतिक साख घटेर पार्टीको प्रतिष्ठालाई पनि घटाएको छ । आज फेरि जसपा लोसपासंग सहकार्य गर्न एकीकरण खाज्दैछ ।

यी त भए साना पार्टीको दुर्दशा । ठूला पार्टीहरुको पनि समीक्षा गरौं । नेपाली काँग्रेस पनि कुनै बेला बहुमत पाएर फुटेको थियो । बहुमत ल्याएर देशको लागि निर्बाध काम गर्न खोज्दा नेपाली काँग्रेस पार्टी फुट्नुलाई संयोग भन्नेहरुको भ्रमलाई बहुमत ल्याएको एमाले फुटेर तोडी दिएका छन् । जतिसुकै सीट आएपनि आफ्नो मौलिक अधिकार केही नरहेको, अदृश्य शक्तिको गुलाम भएर राजनीति गर्नेले देश र जनताको लागि केही गर्न नसक्ने साबित गरि दिएका छन् । शक्तिकेन्द्रको प्यादाको रुपमा संचालित यी शीर्ष दलको यो अवस्था छ भने परिवर्तन चाहने साना दलहरुको के महत्व ?

कूटनीतिक असन्तुलनका कारण देशको भित्र र बाहिरको सुरक्षा व्यवस्था खलबलिएको छ । अमेरिका र चीनको तनावपूर्ण स्थिति नेपालमा घनीभूत रुपमा देखिएको छ । देशको परनिर्भरता निर्वाध बढ्दै गएको छ । आकाशिएको महँगी तथा करको भारले अवसरहीन जनता तनावपूर्ण अवस्थामा रहेको छ । खर्च धान्न नसक्ने जनताको आक्रोश श्रीलंकाली सरकारलाई ध्वस्त गरेजस्तै यहाँ पनि नफुट्ला भन्न सकिदैन ।
२०७९ आषाढ १० गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!