देशमा निर्णायक अवस्थामा रहेको संविधानसभालाई दायित्व निर्वाह गर्न न दिन उत्पन्न राजनीतिक गतिरोधको अन्तहीन श्रृखंला र भर्खरै मात्र बाबुराम भट्टराईको मधेशी मोर्चा सँगको चार बूँदे सहमतिलाई राष्ट्रघाती भनेर राष्ट्रिय राजनीतिलाई एमाले, नेपाली काग्रेस र माओवादी पार्टीको वैद्य पक्ष समूहले एकीकृत रूपमा विषाक्त पार्ने प्रयासले मधेशमा वैचारिक रूपमा हलचल नै पैदा गरेको छ । समावेशी र सहभागितामूलक राज्य बनाउने अभिभारा बोकेको राजनीतिक दलहरू जनअपेक्षित संविधान लेखनको निर्णयक घडिमा मधेशीलाई लक्षित गरी गरिएको ‘‘विषवमन” ले तरंगित भएको मधेश मूक दर्शक भई राज्य सुविधा भोग्न आतुर मधेशका राजनीतिक प्रतिनिधि पार्टीहरूको प्रतिक्रियाहीन अवस्थामा मधेशको राय बुझन केही साथीहरू साथ लिएर मैले २०६८ कार्तिक १३ गते देखि मधेशको राजनीतिक भ्रमणमा निस्केको छु । झापाबाट शुरू गरेको भ्रमणमा मैले गाउँ, नगरका वुद्धिजीवी, किसान, मजदुर, प्राध्यापक, विद्यार्थी, व्यापारी विभिन्न पेशाकर्मी राजनीतिकर्मी सँग साुहिक राजनीतिक छलफल गरि राय लिने प्रइास गरेको छु । यस अंकमा सोही प्रतिक्रियाका अंशहरू पठकमाझ राखेको छु ।
झापामा २ र मोरङ्गमा विभिन्न वर्ग सँगको ८ वटा बैठकमा मिश्रित प्रतिक्रिया आए पनि ८० प्रतिशत मधेशीका राजनीतिक दलहरू तथा देशका प्रमुख तीन ापर्टी विरूद्धको आक्रोश नै व्यक्त भएको पाइयो , राजनीतिक गतिरोधले बन्दी बनाएको संविधानसभालाई भूमिकाविहिन पारिएको अवस्थामा जनतामा उत्पन्न अविश्वासले आक्रोशलाई जन्म दिएको छ र जनताले यही अवस्थामा संविधान निर्माण कुनै हालतमा नहुने कुरा प्रतिक्रियामा सामले गरेका छन् । यो पक्ति लेख्दा सम्म मैले झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा, महोतरी तथा जनकपुरको विवरण सामेल गरेको छ । मधेशी समुदायमा गरिएको राजनीतिक मत सर्वेक्षणको महत्वपूर्ण प्रतिक्रियालाई मैले यहाँ उद्धृत गर्न चाहेको छु । जनकपुर पछिका अन्य जिल्लाका प्रतिक्रियाका उद्धरणहरू अर्को अंकमा दिने नै छु ।
उपरोक्त उल्लेखित जिल्लाहरूको स्वतन्त्र वृद्धिजीवी, प्राध्यापक, मधेशका विभिन्न राजनीतिक दलहरूसँग आवद्ध राजनीतिककमीृहरूको छलफलबाट आएको राय यस प्रकार छ :–
१. प्रमुख तीनदलको बारेमा – मधेशी मोर्चासँगको ४ बूँदे सहमतिमा खास गरि मधेशीको सेनामा प्रवेश भन्ने बूँदालाई लक्षित गरी एमालेले ‘‘राष्ट्रघाती” भनेर मधेशीलाई विदेशी भन्न खोजिएको हो । एउटा नेपालीको सेनामा प्रवेश नेपाली कानूनले राष्ट्रघाती भन्नै सक्दैन । विदेशीको प्रवेशलाई राष्ट्रघाती भन्न सकिन्छ । प्रत्यक्ष रूपमा मधेशीलाई विदेशी न भनिए पनि आशय भने त्यहि नै हो । मधेशप्रतिको एमालेको सोच लोकतान्त्रिक आवरणमा बर्बर सामन्ती चिन्तन भन्दा फरक छैन् । राष्ट्रघाती जस्तो अमर्यादित शब्द प्रयोग गरी मधेशको विरूद्धमा उभिएको एमाले ‘‘संघीय लोकतान्त्रिक गणतन्त्र” को राज्य पुनसंरचना गर्ने महाअभियानमा कदापि सहकार्य गर्न सक्दैन ।
नेपाली काग्रेसले पनि एमालेको मधेश विरूद्धको गर्जनलाई समर्थन गर्दै आफनो ६० वर्षको लोकतान्त्रिक अभ्यासको लामो इतिहासलाई मधेशी मोर्चाको ४ बूँदे सहमतिबाटउठेको रीसको झोकंमा च्यातेर मधेशको विरूद्धमा आफूलाई उभ्याएको छ । लोकतन्त्रको जप गरेर वा संविधानमा लेखेर लोकतन्त्र आउँदैन । लोकतन्त्र आचरणमा व्यक्त हुनु पर्दछ । अर्थात प्रत्यक्ष रूपमा भन्दा यस किसिमका सामन्ती चिन्तनले नेपालमा लोकतन्त्र आउनै दिदैन । आएको पनि छैन ।
आफूलाई परिवर्तनकारी शक्तिको रूपमा उभ्याएको माओवादी पार्टीको वैद्य पक्षले पनि उपरोक्त ‘‘स्याल कराई” को समर्थन गर्दै आफनो आवाज थपेर उपस्थिति जनाएको छ । अर्थात मधेशको मद्दामा सैद्धान्तिक मत भिन्नता रहेको यी तीन प्रमुख दलको भूमिका एकै जस्तो देखिने व्यवहारले मधेशलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउन सक्ला ? निश्चय पनि होईन, निर्णायक घडीमा आएको कट्टरपंथी चिन्तनले मधेशमा अनेक शंका उपशंका जन्माएको छ । मधेशमा परम्परागत रूपमा कायम शोषणको अवयवहरू जे मधेश आन्दोलनमा चुडिएको थियो, चेतावनीका साथ ती संयन्त्रहरूलाई जोडी पुनश्च शोषणको निरन्तरता दिने अभ्यास बाहेक मधेशले के आश गर्न सक्छ ?
२. मधेशका राजनीतिक दलहरूको बारेमा – एउटा लक्ष्य प्राप्तिका लागि बनायएको सिदान्त र प्रखर रूपमा ल्याइएको दृढ विचारले राजनीतिक पार्टीलाई निर्देशित गरि अग्रगमणको दिशामा गतिशीलता प्रदान गर्दछ । चट्टान जस्तै सिद्धान्तप्रति अडिग रहने र सोही अनुसारको आचरण गर्ने नेतृत्वले पार्टीलाई जीवन्तता प्रदान गर्दछ भने व्यापक जन सर्मथनको आधार प्राप्त गर्दछ । यसको विरूद्ध सत्ता लालचमा आफनो सिद्धान्त र विचार नै बिक्री गरि सत्ता–सुख भोगमा अगाडी बढेको मधेशका राजनीतिक दलहरूलाई उसको राष्ट्रियता माथि प्रश्न उठाई ‘‘राष्ट्रघात” भनेर मधेशको स्वाभिमान माथि पुर्याएको चोटले केही प्रभाव पार्न सकेन । अन्धोको लागि के दिन, के रात ?
म्धेश मुद्दालाई आधार बनाएर सत्तामा उक्लिने मधेशका तमाा राजनीतिक पार्टीको सैद्धान्तिक विचलनबाट हामी जनता पूर्ण रूपमा निराश भएका छौ । मधेशको नाउँमा व्यक्तिगत रूपमा अकूत सम्पति कमाउने तर मधेशको भावनालाई राज्इले कुल्चेर अगाडि बढ्ने अवस्थामा मधेशको लागि नबोल्ने यी आत्म समपर्णवादी राजनीतिक दलहरूलाई ‘‘मधेशका गद्दार” न भनी के भन्ने ?
शरतसिंह भण्डारी एक्लै भए पनि मधेशीलाई लक्षित गरी ‘‘राष्ट्रघाती” जस्तो अमर्यादित राजनीतिक गालीको प्रयोगको विरूद्ध प्रतिवाद गर्दा सबै मधेशवादी दलहरू चुपचाप भई शिकारीको पक्षमा लागे । एक्लै शरतसिंह भण्डारी शिकारीको आहारा बन्यो । मधेशको स्वाभिमान माथि आघात पुर्याउनेलाई मौन स्वीकृति दिने मधेशको स्वाभिमान माथि आघात पुर्याउनेलाई मौन स्वीकृति दिने मधेशका राजनीतिक दलहरूले निश्चय पनि मधेशको मुद्दालाई अगाडि बढाउन सक्दैन् । अव गोहीको आँसू चुहाएर मधेशी जनतालाई झुक्याउने समय बीति सकेको छ । यसलाई हामीले मधेश आन्दोलनको दुर्घटना मानेका छौ । मधेशलाई यी आत्म–समर्पणवादी मधेशी दलबाट मुक्त पारि वैकल्पिक बाटो खोज्नु नै एकमात्र उपाय हामी देख्छौ । दुर्घटना माथि आँसू बगाएर बस्नु भन्दा नवयात्रा गर्नु बेस हो भन्ने हाम्रो राय हो ।
२०६८ कार्तिक १८ गते मधेशवाणीमा प्रकाशित
