नैतिक दायित्व नबुझेको मानिस

समाज विकासको क्रमसंगै मानवाधिकारको आवश्यकतालाई आधुनिक समाजले सूक्ष्मतम अध्ययन गर्दै कानूनको हिस्सा बनायो । सामाजिक जीवनलाई नैतिकवान, अनुशासित, क्षमतावान तथा पारस्परिक सद्भावका साथ बाँच्ने गुणबाट व्यवस्थित गर्दै आधुनिक मानवले प्रगतिशील समाजको नेतृत्व गरि मानव सामाजिक प्राणी हो भन्ने मान्यता स्थापित ग¥यो । समय अनुसार आधुनिक मानव समाजका नेतृत्वकर्ताहरुले मानवाधिकारको सूक्ष्मतम अध्ययन गर्दै आवश्यक अध्याय जोड्दै सामाजिक जीवनलाई आधुनिक मापदण्डमा ल्याई पु¥यायो । यसरी नै मानव समाजको क्रमिक विकास भई मानवको नैसर्गिक अधिकारको संरक्षण भएको हो ।

अग्रगमन बितेको समयभन्दा परिमार्जित, विकसित र बढि जबावदेहीको समय हुन्छ । अझ मानव जीवनलाई सरल र बेहतर बनाउने प्रविधीबाट लैस जनशक्तिले समाजलाई अग्रगति प्रदान गरेको हुन्छ । यसरी समाज, देश प्रगतिको बाटोमा लम्किदै जान्छ । प्रगतिको बाटोमा दैवी प्रकोपले बाधा पु¥याएन भने अग्रगमन निरन्तर गतिशील रहन्छ । मानव, परिवार, समाज र देश निर्धारित नियम कानूनको परिधीमा रहि विकास र समृद्धिको लागि निरन्तर परिश्रम गरि रहेको हुन्छ । समय, परिस्थिति र क्षमता अनुसार विकासको कार्य ढिलो, चाँडो भई रहन्छ ।

२००७ साल अघि विश्वले प्रजातन्त्रको सुख भोगि रहँदा हामी राणा शासनको त्रूmर चाबुक खाँदै नारकीय जीवन बाँचि रहेका थियौं । विश्व परिवर्तनको परिवेशमा रहँदा नेपालमा पनि शनैः शनैः राजनीतिक चेतना जागेको थियो र हामी त्रूmर शासनबाट मुक्त भयौं । समय, परिस्थिति र क्षमतामा परिवर्तन निर्भर रहेकोले नै संसारभरि विकासले समान अवसर लिन नसकेको हो । भारतपछि नेपालमा पनि लगत्तै परिवर्तन भयो । वैधानिक राजतन्त्रका साथ प्रजातान्त्रिक सरकारको गठन भयो । जेजति कारणले होस् प्रजातान्त्रिक सरकार नौ महिनामा ढलेर राजतन्त्र पुनः स्थापना भयो । योग्यता, क्षमताको अभावमा नेपालका पश्चगमन पनि ३० वर्ष भोग्नु प¥यो ।

सामन्तवादभन्दा समाजवाद बेहतर शासन प्रणाली हो र साम्यवाद त स्वर्ग नै हो भन्ने पाठ पढाउने नेपालका राजनेताहरु पनि ०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना पश्चात् सत्ता चलाउने अवसर पाए । सरकार चलाउने भूमिका सन्तोषजनक हुन नसकेको अवस्थामा सिकारुहरुको नवीनतम अभ्यास हो भनेर जनताले दुई कार्यकालसम्म प्रतीक्षा गर्दा पनि जनतालाई डेलीभरी दिने सरकारको क्षमता नदेखिएको अवस्थामा राजनीतिक अराजकता हदैसम्म बढेर गयो । प्रजातात्रिक सरकार पनि जन उत्तरदायी हुन नसकेपछि परिस्थितिले पुनश्च राजतन्त्रलाई बोलायो । यसरी हामी फेरि पश्चगमनको ५ साल अन्ध्यारोमा भट्किन बाध्य भयौं ।

आपूm तृप्त भएर जनतालाई तृप्त गर्ने राण्नीति लिएका लोकतान्त्रिक सरकारले दुई कार्यकालसम्म पनि अघाउन नसकेका कारण राजनीति अग्रगमनको दिशामा गतिशील हुन नसकेको हो । तर नेपाली राजनीतिबाट तिरस्कृत राजतन्त्रको अनावश्यक हस्तक्षेप पनि जनतालाई मान्य थिएन । फलतः राजतन्त्रलाई फाल्न र बाटो बिराएको लोकतान्त्रिक सरकारलाई लोकतन्त्रको मर्म अनुसार जन उत्तरदायी बन्न चेतावनी दिनका लागि ०६२÷०६३ को भीषण जन आन्दोलन भयो ।

पश्चगमन जनतालाई कुनै हालतमा स्वीकार नरहेकोले राजतन्त्रलाई विस्थापित गरि जनउत्तरदायी लोकतान्त्रिक सरकार बनाउन र विगतको बानी न दोहो¥याउन जनताले पुनश्च यी शीर्ष दलहरुलाई नै जनादेश दिए । तर नैतिक ह्रास भई सकेका नेतृत्वकर्ता यी तीनै दलमा जनादेशको कदर गर्ने कुनै चरित्र नदेखिएकोले विगतभन्दा किञ्चित सुधार देखिएन । बरु आफ्नो विकल्प नरहेको दम्भ देखियो । संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा विगत १४ वर्षदेखि अझ विकृत रुप परिलक्षित भई रहेकोबाट जनता निराश भएका छन् । यिनको विकल्प अब के खोज्ने ?
स्वार्थ लिप्सा यति बढेर गयो कि शासन प्रणाली नै भ्रष्ट भएर विकृत स्वरुपमा आयो । स्वार्थ लिप्साबाट अलग हटेर देश र जनताको पक्षमा चिन्तन गर्ने फुर्सत पनि रहेन । सरकार बनाउने, बिगार्ने, प्रधानमन्त्री बन्ने, मन्त्री बन्ने यस्तै खेलमा राजनीतिलाई सिमित राखी खेलाडीहरु खेल खेल्न रमाई रहेका छन् । देशलाई भगवान भरोसे छोड्दा यहाँ आर्थिक अराजकता, सामाजिक अराजकता तथा राजनीतिक अराजकताले बलियो ठाउँ पायो । यी अराजकताहरु हरेक क्षेत्रको विकासमा बाधक हुन् र यसलाई हटाएर देशको समृद्धिबारे चिन्तन गर्ने नैतिक दायित्व रहेको राजनीतिकर्मीहरुले बुझेको छैन ।

जन्मदेखि नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी वैचारिक मतभिन्नताका कारण एक नदीका दुई किनारा जस्तो कहिल्यै नमिल्ने अवस्थामा थियो । प्रजातन्त्र पुनस्र्थापना पश्चात् विस्तारै यिनमा सहकार्य हुन थालियो । दुबै संयुक्त शक्तिको रुपमा विकसित हुँदै जाँदा राजतन्त्र खुम्चिन पुग्यो । माओवादीको आगमनपछि यी तीनै शक्ति मिलेर राजतन्त्रलाई फाल्यो । तीनवटै शक्तिको पारस्परिक अभ्यासले यस्तो अन्तरघुलन गरायो कि तीन विचारको भिन्न पार्टी भएको महसूस नै हुँदैन । भागबण्डामा कुरा नमिलेपछि पारस्परिक झगडा देखिएपनि समान स्वार्थ पूर्तिमा तीनै शक्ति एक देखिएका छन् । पटक पटक राज्यसत्ता कब्जा गर्न आउने राजालाई तीनबटै शक्तिको संयुक्त प्रयासमा विस्थापित गरिएको यथार्थलाई यिनले मनन गरेका छन् । त्यसकारण पनि यिनको आपसी सम्बन्ध अत्यन्त प्रगाढ बनेको छ ।

आफ्नो विकल्प टाढासम्म जन्मिन नदिने भन्ने यिनीहरुका बीच भद्र सम्झौता छ । भागबण्डा बाँडफाँडमा सहमती छ । शासन सत्ता चलाउनमा सहमती छ । प्रतिपक्षमा बसेपनि अलग शक्तिको रुपमा गनिदैन । यिनको विचार, सिद्धान्त, राजनीति एक भएका छन् । यिनका गतिविधी नै विचार सिद्धान्तको रुपमा प्रतिपादित हुन्छ । यिनका बोली वचन नै देश र जनताको भाग्य निर्माण गर्ने आधार हुन्, महानवाणी हुन् ।

परस्पर मैत्री सम्बन्ध बनाएर बसेका यी तीनै शक्ति देश र जनताको विकासबारे सोच्दैनन् तर भागबण्डाका लागि कुकुरको लडाईलाई मात दिने यिनको झगडा हुन्छ । सत्ता गठबन्धन र एमाले बीच अहिले चलि रहेको शीतयुद्ध त्यसैका उदाहरण हुन् । यसलाई अहिले राष्ट्रवादी र राष्ट्रघातीको लडाई नाम दिईएको छ । गठबन्धनभित्र पनि सीट बाँडफाँडको रस्साकशीले निर्णय अन्योल बनेको छ । तर देशको उन्नती, प्रगतिबारे यिनको कुनै एजेण्डामा छलफल, बहस हुँदैन । देशको दुर्दशाबारे सोच्न यिनको आत्माले पनि नैतिक दबाव दिंदैन र यिनी निर्भिक राज्यसत्ताको दोहन र शोषणमा लिप्त देखिन्छन् ।
(२०७९ भाद्र १७ गते मधेशवाणीमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!