मधेश भुभागमा औेलोका कारण बाहिर मानिस स्थाई बसोबास गर्न चाहँदैन्थे । औलो उन्मुलन पश्चात बसाई सराईको भेलनै आयो । पहाडमा बाहुन, क्षेत्रीसँग जनजातिको अन्तर विरोधले मधेश झर्न वाध्य तुल्यायो कहीं वाहुन, क्षेत्रीले ठाँउ छोडनु पर्यो भने कही जनजातिले । वसाईसराईका कारणहरू यी हुनः
(क) आर्यनःमंगोलियन बीचको अन्तर्विरोधः सत्ता–सुख भोगी रहेका बाहुन, क्षेत्रीहरू (खस)को शोषण।रस’ दमनका कारण पहाडका जनजाती, दलितहरू पीडित भई रहेका थिए । यस उत्पीडनको विरूद्ध बेला मौकामा भिडन्तको स्थिति पनि आउँथ्यो । यो क्रम निरन्तर रूपमा चल्न थालेपछि जहाँ जो समुदाय कमजोर हुन्थ्यो, ठाउँ छोडन बाध्य हुन्थ्यो । पहाडमा यसरी दुई समुदायबीच जन्मिएको अन्तरविरोधले मधेशमा पहाडका बाहुन, क्षेत्री मात्र होईन जनजाति दलित पनि उल्लेख्य संख्यामा बसाई सरिआए ।
ख) गरिबी, बेरोजगारी : पहाडमा, बिपन्न वर्गलाई जिवनयापन गर्न कठिन रहेको कारणले उनिहरू रोजगारका अवसरहरू खोज्न मधेशमा बसाईसराई गरे । यिनीहरू मधेशमा उल्लेख्य संख्यामा बसाईसरि आउँदा जंगल फडानी गरी प्रशस्त जग्गा हत्याउन सफल भयो । यो काम अवैधानिक भए तापनि सरकारले पुनर्वास योजना मार्फत यिनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिएर बैधानिक्ता प्रदान गर्यो । मोरङ्गमा खोटाङ्गबाट झरेका ईन्द्रबहादुर सुब्बाले जंगल फाडानी गरी ६ हजार बिघा जग्गा हत्यायो । फडानी भएको जंगलको नाम नै ईन्द्रझोडा रहयो । पंचायत सरकारले सम्पूर्ण जग्गा उसको नाममा दर्ता गरायो । पुर्वमा मात्र होईन पुर्व पश्चिम मधेशमा यस्ता हजारौ उदाहरण छन ।
ग) सरल जिवन यापन : राजधानीको सत्तासुख र पहाडको दुर्गमवासले जीवन असहज भएर पनि सहजै सबैसुख प्राप्त गर्न र धनाढयताको मान सम्मान प्राप्त गर्न कतिपय बसाईसरेका हुन । मधेशमा हजारौं हजार बीघा जग्गा बनाएर टी स्टेट जस्ता उद्योगहरू सञ्चालन गरे । पहाड भन्दा यहाँको जीवन धेरै सरल भयो ।
घ) मधेश आकर्षणको केन्द्र : पहाडमा भुमिको अभाव, कृषिकार्यमा कठिनाई सबैकुराको अभाव, कष्टपुर्ण जिवनको कारण, पनि बसाईसराईमा तिब्रता आएको देखिन्छ । मधेशमा सहजै जग्गा उपलब्ध हुने खरिद गर्दा अति सस्तोमा पाईने यातायात, पानी, चरण लगायत विलासिताका सम्पुर्ण कुरा सरल रूपमै उपलब्ध हुने प्रचारप्रसार गरेर पनि बसाई सराईलाई तीब्रता प्रदान गरिएको हो र मधेशमा बसाईसरि आाउनेहरू पनि आफनो सुरक्षाको दृष्टिकोणले संख्या बृद्धि गराएका हुन । मधेशीहरू धेरै सेवा गर्ने जात भएकोले त्यहाँ कुनै किसिमको खतरा छैन यस्तो प्रचार गरेर गैरमधेशीहरू व्यापकरूपमा आफनो संख्या बढाएको हो । उनीहरूले प्रचार गरे जस्तै सुख सुविधा मधेशमा पाए मधेश सबैको लागी आकर्षणको केन्द्र रहयो ।
राज्यको शोषणका अवयबहरूलाई मधेशले बुझन थाल्यो र विद्रोहका पुर्वाधारहरू बन्न थाले । आफुलाई शोषण गर्ने राज्य बिरूद्धको घृणा र आक्रोश मधेश आन्दोलनमा तिब्र रूपमा अभिव्यक्त भएको थियो । mटुक्रा–टुत्रामा बाँडिएको मधेश आन्दोलनमा एकताबद्घ हुँदा अभिजात वर्ग भयभित पनि भयो । वर्षौको विखण्डन गर्ने प्रयास विफल भएको कारणले विक्षुब्ध पनि भयो ।
मधेशले आफनो प्रमुख दुश्मनको रूपमा सामन्ती अधिनायकवादी पहाडिया मानसिक्ताको राज्य व्यवस्थालाई तोकिसकेको छ । मधेशले आन्दोलनको धार राज्य व्यवस्था विरूद्ध केन्द्रित गरिसकेको छ । मधेश आन्दोलन पश्चात देशमा आएको परिवर्तनलाई यथास्थितिमा पुर्याउन राज्य हरसम्भव प्रयासमा तल्लिन रहेकोले यस प्रति मधेशलाई सधैं सजग रहनु पर्दछ ।आएको उपलब्धि गुम्न सक्ने खतराको पृष्टभूमी तयार पार्न राज्य तम्तयार अवस्थामा रहेकोले मधेश राज्यको षडयन्त्र बिरूद्घ कडा प्रतिवादमा उत्रनु पर्दछ ।
ङ) बिदेशबाट बसाई सराई : बर्मा, भुटान, तिब्बत र भारतको आसाम, नागाल्याण्ड, मेघालय, कालिङपोङ, वेस्टबंगाल, देहरादून, हिमाचल प्रदेश आदि ठाउँबाट व्यापारी, सेवा निबृत सैनिकहरू तथा रोजगार खोज्नेहरू मधेशमा आफनो जातको बाहुल्यता हेरेर स्थाईबसोवास गर्न आए । मधेश नेपालको अन्य भागभन्दा सुविधा सम्पन्न अवस्थामा रहेकोले बसाईसराईको तिब्रता बढेको हो ।
मधेशलाई राज्यले विजित क्षेत्रको रूपमा र मधेशीलाई विदेशीको रूपमा बुझदै आई रहेकोले अनावश्यक शंकाको सिकार बनाएर राज्यले मधेशलाई नियन्त्रणमा लिन अनेक प्रपन्चको एउटा मुख्य कडी आन्तरिक आप्रवासनलाई बढावा दिएको हो । गैर मधेशीहरूको मधेशमा बसाईसराई गरी त्यहाँको जनसंख्याको ३८.५ प्रतिशत पुगेको छ । राज्य सत्तामा प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध राखेका यी समुदाय मधेशलाई लुटन सम्म लुटे तर मधेशको लागि केही गरेन । मधेशमाथी राज्यको सधैं शदियौं देखि राज्य ब्यवस्थाले मधेशमा केन्द्रित गरे ।
(२०६७ पौष ९गते मधेशवाणीमा प्रकाशित)
