राजनीतिको फोहोर व्यवस्थापन कहिले हुने ?

देशको समुन्नत विकास गर्ने राजनीतिको ध्येय हुन्छ । देश र जनताको समृद्धि उसको अहम् जिम्मेवारी हुन्छ । यी लक्ष्यहरु पूरा गर्न राजनीतिले अभ्यासमार्फत एकसे एक कुशल राजनीतिज्ञ पैदा गरेको हुन्छ । विश्व राजनीतिमा एकसे एक कुशल राजनेता देखा परे जसले आफ्नो देशलाई समृद्ध बनाएर विश्व राजनीतिलाई पनि नेतृत्व प्रदान गरे । देश र जनताको समृद्धि जस्ता महान लक्ष्य पूरा गर्न साहसिला, आँटिला, जोश जाँगर भएका परोपकारी र दृढ संकल्पित व्यक्तित्व हुनु पर्दछ अनि मात्र यी पावन कार्य सम्पन्न हुन सक्दछ ।

नेपालको राजनीतिले शुरुदेखि नै पूर्ण भूगोललाई समेट्न सकेन । राजनीति एउटा वर्ग, क्षेत्रमा सीमित रहेकोले नै राणाकालीन शासन प्रणालीलाई जहानियाँ शासन प्रणाली भनिएको हो । नेपालको राजनीतिलाई १०४ वर्षसम्म राणाहरुले राजतन्त्रलाई निस्तेज पारि आफ्नै वर्गका लागि उपभोग गरेको आश्चर्यचकित पार्ने उदाहरण हुन् । नेपाली जनतामा राजनीति चेतनाको कति अभाव थियो कि राणाहरुको त्रूmर शासनलाई १०४ वर्षसम्म झेल्यो ।

शाहवंशको हातमा राज्यसत्ता आएपछि राजनीतिले कार्यक्षेत्रको दायरा अलि फराकिलो बनाएपनि आखिर यो वर्गीय घेराभन्दा बाहिर जान सकेन । शाहवंशीय लोकप्रियता ३० वर्ष मै धाराशायी भयो । छिमेकी मुलुक भारतमा भएको परिवर्तनबाट प्रभावित नेपाली जनताले राणा शासनलाई फाले । शाहवंशले जनतामा राजनीतिक चेतनाको बढ्दो प्रभावलाई नजर अन्दाज गरि वर्गीय प्रभावमा सीमित रहेका कारण ३० वर्ष मै शासन ढल्यो ।

राणाका जहानियाँ शासन, शाहवंशीय शासनले भूगोललाई समेट्न सकेन भनेर जनपक्षीय लोकतन्त्र स्थापना हेतु ठूलो आन्दोलन भयो र लोकतान्त्रिक पद्धतिको स्थापना भयो । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको पद्धति नेपाली राजनीतिको मूल उद्देश्य बनेको छ । लोकतन्त्र पुनरस्थापनाको ३२ वर्ष भयो, देश जहाँको त्यहीं छ । जनसंख्या बृद्धिको अनुपातमा देशको उत्पादकत्व गतिशील हुन सकेन । देश ऋणी बन्दै गयो । जनपक्षीय प्रणालीले पनि जनताको अपेक्षा पूरा गर्न सकेन । यो ठूलो चिन्ताको विषय हो ।

वर्गमा सीमित रह्ने राजनीतिक परम्परा जन उत्तरदायी सरकारमा पनि देखियो । लोकतान्त्रिक पद्धतिमा पनि राजनीतिले भूगोललाई समेट्न सकेन । वर्गीय घेरालाई राजनीतिले यहाँ पनि तोड्न सकेन । नेपाली काँग्रेसको सरकारमा काँग्रेस, एमालेको सरकारमा एमाले र माओवादीको सरकारमा माओवादी बनेर पा

र्टीको हितमा काम गर्ने राजनीतिको चरित्र देखियो । पार्टीभन्दा माथि उठेर यिनले भूगोललाई समेट्ने काम गरेन ।
देश र जनतालाई पूर्ववर्ती शासन पद्धतिले केही गर्न सकेन भनेर लोकतान्त्रिक विधीको शासन संसारमा लोकप्रिय बनेका छन् । यसबाट नै देश र जनताको कल्याण हुने दावा गर्ने पार्टीवालहरुले ३२ वर्षको गतिहीनताबारे केही जवाफ दिन चाहँदैन । राज्यसत्ता प्राप्त गर्ने बेलाको जनताप्रतिको प्रतिबद्धता सत्तासीन भएपछि याद नरह्ने यो कस्तो बिडम्बना हो ।

नेपाल गरिब मुलुक भएकोले यहाँ धन कमाउने अवसर पनि छैन । धन कमाउन राजनीति सरल बाटो भएकोले अधिकाँश यसमा समेटिएका छन् । कोही मूल राजनीतिलाई नेतृत्व गर्ने, कोही उसका मित्र, चाकडीवाज,गुलाम बनेर धनार्जन गर्ने उद्देश्यले देशभरि संगठित भएर बसेका छन् । धनकुवेर बन्ने लालचमा नेतृत्व गर्ने मूल व्यक्तिलाई लोभको पासोमा बाँधेर पाकेटमा राख्ने ठूला ठूला माफियाहरु यही अभ्यासमा जन्मेका हुन् । पार्टी चलाउन, राजनीतिमा शीर्षस्थान हासिल गर्न धन कै आवश्यकता रहेकोले दुबैको स्वार्थ मिलेर भविष्यका लागि अमिट सम्बन्ध बनेको हुन्छ । सम्बन्धको यस घेरामा बसि रह्ने बाध्यात्मक परिस्थिति सिर्जना भएका कारण राजनेताहरु यस सुखद बन्धनलाई चुँडालेर बाहिर आउन चाहँदैन ।

छल, कपट, जाल, फरेव, धोखा जस्ता कलयुगी गुणको माध्यमबाट देवत्व प्राप्त गर्ने राजनेताहरुको मनसाय प्रायः एक समान छ । आपूm गलत नरहेको, अनैतिक नरहेको, क्षमतावान नरहेको आदि देखाउने, आपूmले गरेको गल्तीलाई अरुमाथि दोषारोपण गर्ने, यस्ता यस्ता प्रवृतिबाट लैस राजनेताहरु यो देशका भाग्य निर्माता हुन् । यिनमा अलिकति पनि आत्मालोचना गर्ने क्षमता छैन । देशमा व्याप्त आर्थिक विकटताप्रति किञ्चित परवाह छैन ।

राजनीति नकारात्मक दिशा अख्तियार गरेकाले कुनै क्षेत्रले सकारात्मक परिणाम देखाई रहको छैन । कसैमा पनि आफ्नो पदीय जिम्मेवारीबोध छैन । अथवा भनूँ ऊ कत्र्तव्य पूरा गर्न चाहँदैन । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आफ्नो कार्यसम्पादन कार्यमा सफल देखिदैन । जनताको चाहना पूरा गर्ने कसैको इच्छा देखिदैन । न्यायाधीशहरुको अनैतिक व्यवहारले सिङ्गो न्यायक्षेत्रको विश्वास संकटमा गएको छ । उच्च अदालतबाट जीत हासिल गर्ने भनेर धनलोभमा जित्ने मुद्दा पनि जिल्ला अदालतमा हराई दिने न्यायाधीशको पैसा कमाउने एकोहोरो नियतले अदालत कसरी न्याय गर्न सक्दछ । माथिदेखि तलसम्म सबैले जनतानलाई लुट्ने संयन्त्रको निर्माण गरेका छन् ।

जनता अवसरविहीन, राज्यसुविधाविहीन, कर र महँगीको मारमा पिल्सिएको, अराजक राज्य व्यवस्थामा बस्नु परेको, आर्थिक, राजनीतिक, सामाजिक, न्यायायिक अराजकतामा भोग्नु पर्ने उत्पीडन जनताको सरकारलाई अनुभूत भई रहेको छैन । देशको प्रगति नै जनताको प्रगति हो । देशको प्रगतिप्रति कुनै चर्चा नसुनिनु र मंसीर वा फाल्गुनमा हुने चुनावको अहिलेदेखि हल्ला फिंजाउनु कस्तो मानसिकता हो ? अहिले खेती समयमा मलखादको आपूर्ति गराउन असक्षम रहेको सरकार चुनावको अर्बौ खर्चको जोहो गर्ने चिन्ता छ ।

राजनीति फोहोरी खेल होइन । यसले सामाजिक रुपान्तरणमा अहम् भूमिका खेल्दछ । स्वच्छ आचरणवालाको नेतृत्वमा यो जनप्रिय हुन्छ । तस्कर, माफियाको नेतृत्वमा यो जनविरोधी हुन्छ । देशको अहिलेको राजनीतिक अवस्था हेरेर आजीवन लोकतन्त्रको माला जप्ने पुजारीहरुको आस्थाको धरातल डगमगाएको अवस्था छ । के यही लोकतन्त्रको लागि हामीले जीवन अर्पण गरेको हो ? देश र जनताका लागि लोकतन्त्र होइन भने यस्तो लोकतन्त्रमा हामी बस्दैनौं भन्ने लोकतन्त्रका पुजारीहरु भन्न थालेका छन् । देशको यस्तो परिस्थितिमा पार्टीहरु सच्चिने साहस देखाउन सक्दछ ? देशको दुर्दशाप्रति गम्भीर र ईमानदार बन्न सक्दछ ? के देश बनाउने अठोट लिन सक्छ ?
(२०७९ श्रावण ६ गते मधेशवाणीमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!