ढाँट्ने राजनीतिका नकारात्मक परिणाम

राजनीति ! अर्थात् राज्य संचालन गर्ने नीति ? कस्तो हुने ? धार्मिक ग्रन्थ र राजनीति शास्त्रमा यसका अनेक विधी उल्लेख गरिएका प्रमाणहरु पाइन्छ । उहिले राज्यसत्ता संचालन गर्न गुणी, सत्यवादी, पराक्रमी, चरित्रवान, न्यायकर्ता तथा जन उत्तरदायी शासक हुन्थे । जनताका सुखदुःखका लागि ऐशोआराम मात्र होइन, राज्यसत्ता समेत त्याग्ने शासक भए जो आज पनि सम्मान पाउँछन् । हाम्रै छिमेकी मुलुक चीन र भारतका शासकहरु झण्डै डेढ अरब जनसंख्या सम्हाल्ने लोकप्रिय नेताको रुपमा प्रख्यात छन् ।

राजनीतिमा छल, कपट, जाल, फरेब, धोखा रहेको औल्याउन खोज्दा आजका राजनीतिकर्मीहरु महाभारतकालमा पनि छल, कपटको राजनीति भएको उदाहरण दिन चुक्दैन । चराको आँखा मात्र देख्ने अर्जुनदृष्टि राख्ने राजनीतिकर्मीले युद्धको आचारसंहिता पालन हुने कुरा देखेन । सत्यको स्थापनार्थ गरिएको व्यवहार मात्र दृष्टिगोचर भयो ।

मान्यौं, ती समयहरु धेरै पछाडि छुटि सकेका छन् । हामी आधुनिक आणविक, परमाणु युगमा आई सकेका छौं । तर परिवर्तित आधुनिक युगपनि मानव समाज कै हो । धेरै अनैतिक कुरा समाजमा प्रवेश गरेपनि समाज सत्यको आधार छाडेको छैन । मानव हो भने मानवता हुनै पर्छ । चोर डाकाले दुष्कर्म अपनाउँछन् । जनताका लागि राजनीति गर्नेहरुले अनैतिक बन्यो भने मानव समाजमा जंगलराज कायम हुन्छ । राजनैतिक अराजकता फैलिन्छ ।
आधुनिक मानव त मानव हक केलाएर अधिकार सुनिश्चित गर्ने कानूनी व्यवस्था गरेको छ । विगतमा नपाएको अधिकार पनि मानिसले पाएका छन् । कसरी बुझ्ने आधुनिक मानव अनैतिक भई सकेका छन् । मानवीय गुणबाट स्खलित भई सकेका छन् । यदि यो होइन भने देशका शासकहरु किन अनैतिक बनेका छन् ? किन देश र जनताप्रतिको माया देखिदैन । किन देशको विकासप्रति अभिरुची देखाउँदैनन् । अनुहार फरक देखिएपनि प्रवृति भने सबैमा समान विकास भएको देखिन्छ । आफ्नो र आसेपासेको स्वार्थ पुरा गर्न अवसरको भरपूर फयदा उठाउने राजनीतिकर्मीहरु देश विकासप्रति गम्भीर किन बन्दैन । सरकार बनाउने भत्काउने दावपेंचलाई मात्र राजनीति बुझ्ने अनुभवी, परिपक्व राजनीतिकर्मीहरु जन अपेक्षा पूरा गर्ने राजनीतिलाई सहज किन बनाउँदैन ।

आज सबै अनैतिक, भ्रष्ट, चोर, डाकाको संज्ञाबाट सामाजिक सञ्जालमा प्रचारित छन् । असल नेताको रुपमा कसैको नाम आई रहेको छैन । देशमा असल नेताको अभाव महसूस हुन थालेको छ । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका पृष्ठपोषक, सर्वहारालाई मालिक बनाउने विचार प्रवाह गर्ने विचारकहरु किन स्खलित भए ? भूmठैभूmठको सम्भाषण गर्ने राजनीतिकर्मीहरु जनताले पत्याउन छोडेपनि पुनश्च के मुखले जनताको सामना गर्छन् । आखिर कहिलेसम्म भ्रष्ट, अनैतिक जन प्रतिनिधीलाई जनताले बोक्ने । राजनीतिको शून्य गतिले देशमा आँधी, बेहरी ल्याउने अनुभव यिनलाई राम्ररी थाहा छ । तर पनि चेतना खुल्दैन ।

एमसीसी पास भएदेखि सामाजिक सञ्जालमा सबै राजनीतिकर्मीहरुलाई श्रद्धाँजली दिने क्रम जारी छ । अनैतिकताको हदै पार गर्ने यी राजनीतिकर्मीहरु यस्ता बदनामीबाट के डराओस् । इज्जत नहुनेलाई बेइज्जतको के डर ।

एमसीसी होस् कि बीआरआई नेपाली स्वाभिमानको हितमा छैन । गरिब देशका दरिद्र मानसिकताका राजनेताहरु वैदेशिक सहयोग लिंदै खाँदै गरेको अभ्यासले माँग्ने संस्कारबाट ग्रसित भए । नेपालसंग स्वार्थ पूरा गर्ने शक्तिराष्ट्रसंग आफ्नो लाभ सम्बन्ध बनाउने नेपालका राजनीतिक दलहरु कोही चीन कोही अमेरिका कोही यूरोपियन यूनियनलाई नेपाली भूमीमा आमंत्रित गरेका छन् । देश टाढा रहेपनि सबैको इन्टरेष्ट नेपालमा समान रुपले क्रियाशील छ ।

अमेरिका र चीनको निजी स्वार्थको टकराहट नेपालमा देखिन लागेको छ । मध्यपूर्व र दक्षिण एशियामा चीनको प्रभाव विस्तार भारतलगायत अमेरिकालाई असहज भएको छ । बेल्ट एण्ड रोड इनिसिएटीभ्सलाई रोक्न अमेरिका अनेक विधी अख्तियार गरेको छ । नेपाल चीनको प्रभावमा चुर्लुम्म डुबेको भारत र अमेरिकाका लागि सह्य छैन । यी महाशक्ति देशको स्वार्थ टकराहट नेपालमा शीतयुद्धको रुपमा विकसित हुने प्रवल सम्भावना देखिन्छ । पारस्परिक द्वेषभाव राख्ने चीन र अमेरिकाको स्वार्थलाई नेपाल भूमिमा जोडिएबाट कडा प्रतिक्रिया आउनु स्वाभाविकै हो ।

अमेरिका र चीनसंग सम्बन्ध बनाएपछि नेपाल दुई ध्रुवमा विभाजित भएको छ । अमेरिका र चीनको पक्षमा वकालत गर्ने राजनीतिकर्मीहरु आफ्ना आफ्ना मालिकको स्वार्थ पूरा गराउन तल्लीन देखिन्छन् । माँगेर खाने संस्कार भएका राजनीतिक अगुवाहरुमा देशप्रेम किञ्चित पनि देखिएन । प्रजातन्त्र पुनस्र्थापनाकै मिति लिने हो भने वैदेशिक सहयोग लिएको ३२ वर्ष भयो । देश विकासका लागि यिनले काम गरेको भए धेरै कुरामा देश आत्मनिर्भर भई सक्थ्यो । तर यिनी त्यसो गरेन । योजनाको नाममा आएको पैसालाई बाँडीचुँडी सिध्याए । धन कमाएर चुनाव जिते । राजनीतिमा वर्चस्व कायम गरेर शासन गरे । यही क्रम चल्दै रह्यो । देश बेसहारा भई परनिर्भर बन्दै गयो । यहाँ देशलाई ५ वर्षमा विकासोन्मुख देशमा रुपान्तरण गर्ने र १० वर्षमा समृद्धि ल्याउने भन्नेहरु ३२ वर्षमा के गरे देशका तथ्याँक सामुन्ने छ ।

शक्ति सम्पन्न देश रुस आफ्नो प्रभावभन्दा बाहिर नेटोसंग सम्बन्ध गाँस्न चाहेको भनेर यूक्रेन जस्तो सानो कमजोर देशमाथि आक्रमण गरेर सिध्याउन लागेको अवस्थामा नेटो देशलगायत संसारका अत्यधिक देश अहिले यूक्रेनको सहायतामा उभिएको छ । हामी दुईबीचमा जोकोही आए नछाड्ने रुसको जिद्द र चेतावनीले तृतीय विश्वयुद्ध घरदैलोमा आई पुगेको अनुमान गर्न सकिन्छ । रुस जस्तै चीन पनि आक्रामक अवस्थामा रहेकोले नेपालमा अमेरिकाको उपस्थिति चीन कुनै हालतमा बर्दास्त गर्न सक्दैन । अमेरिकाले चीनलाई दक्षिण एशियामा प्रवेश गर्न रोक लगाउनको साथै तिब्बतलाई स्वतन्त्र गर्न समेत प्रयास गर्ने आशंकामा चीन आक्रामक देखिएका छन् ।


अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरि युद्ध प्रेरित रुस, चीन र उत्तर कोरिया जस्ता सामरिक क्षेत्रमा सम्पन्न राष्ट्रहरुमा रुसले युद्धको शुरुआत गरि उत्तेजना पैmलाउने काम शुरु ग¥यो । नेपालमा चीन ख÷क अमेरिका र भारतबीचको अन्तद्र्वन्द्व चर्को रुपमा प्रष्टिने सम्भावना प्रवल छ ।
(२०७८ फाल्गुन २० गते मधेशवाणीमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!