मधेशवादी दलको एकीकरण अभियानको दुर्भाग्य

मधेशलाई संघीयता सहित अधिकार सम्पन्न बनाउने जनादेश लिएर संविधान सभा छिरेका मधेशका राजनीतिक दलहरु सत्ता सुविधामा पलाएका महत्वाकाँक्षाले मधेशलाई मात्र बिर्सेनन् पार्टीहरुको पनि धज्जि उडाएर आफ्नो क्षुद्रताको निर्ल्लजतापूर्ण प्रदर्शन गरे । मधेशी मोर्चा जनादेश बमोजिम मधेशको अधिकारको लागि होइन, आफ्नो स्वार्थका लागि सत्ता प्राप्त गर्ने थलोको रुपमा स्थापित भएको हो भन्ने कुरा सबैले स्पष्ट बुझि सकेका छन् । मधेशको मुद्दा जहाँको त्यहीं छ । कहिलेकाँही मधेशको अवाज बुलन्द गरेर मालदार मन्त्रालय हत्याउने, पवित्र अपवित्र गठबन्धन गरेर सत्ता प्राप्त गर्ने कुशल दिग्गज खिलाडीहरुले मधेशका २७ वटा मन्त्री बनाएर ठूलो रेकर्ड पनि कायम गरे । सत्ता सुविधामा परेका नयाँ मधेशी प्रतिनिधीलाई पनि महत्वाकाँक्षा बढाएर यी दिग्गजहरुले सक्दो बिगारे । लूटको वातावरण सिर्जना भएपछि दुष्प्रवृतिको ठूलो जमात तयार भयो । अत्यधिक लुटने चाहनाले विस्तारै विखण्डनको रुप लियो र पार्टीहरु क्रमशः तीनबाट तेरह बन्यो । यो तीन तरहले मधेशमा सयकडौं पार्टीलाई जन्माएको छ । संविधान सभाको विगत चारवर्षमा मधेशका दलहरुको गतिविधीले अविश्वासको बातावरण सिर्जना हुँदा सयकडौं पार्टी अहिले मधेशमा देखा परेको छ ।
संविधान सभाको अन्त भएपछि द्युतक्रीडामा रत मधेशका प्रतिनिधी पार्टीहरु फेरि पनि स्वर्ण अवसर प्राप्त गर्न आपादमस्तक परिश्रममा जुटि सकेका छन् । मधेशको स्वार्थभन्दा आफनो स्वार्थलाई सर्वोपरि ठानी गरेको राजनीतिमा कजयचत mतष्भ मभबि को फार्मुलाबाट अति लाभान्वित हुने दलहरु यसलाई आफ्नो चारित्रिक विशेषता नै बनाएको छ । यो सूत्रले कुनै दललाई स्थायित्व दिन नसकेका कारण दलहरु भित्ता भित्तामा ठोक्किन पुगेका छन् । मधेशको राजनीतिमा देखिएका अवसरवादलाई सफा पार्न गएका शक्ति पनि घोर अवसरवादको रंगमा रंगिएका छन् । एउटा नयाँ कलेवरको नयाँ संस्करणमा आकर्षण फैलाउँदै मधेशलाई फेरि एक पल्ट आफ्नो पोल्टामा पार्ने नयाँ नयाँ चमत्कारी खेल लिएर मधेशका राजनीतिक दलहरु अखाडामा उत्रि सकेका छन् । मधेशका जनता पनि अविश्वासका साथ दल छान्ने प्रक्रियामा छन् । असन्तुष्ट भएर एउटालाई बेकार भनेर अर्कोको कित्तामा उभिन आफूलाई तयार पार्दैछन् मधेशका जनताहरु । विकल्प पनि छैन् । mकयभतजष्लन ष्क दभततभच तजबल लयतजष्लन मन्त्रलाई जप्दै ॅयो भन्दा त्यो ठीक’ को विचार लिएर अवसर प्राप्त गर्न कार्यकर्त्ताको आवत् जावत्ले निकै चहल पहल बढाएको छ मधेशमा । चुनाव अन्योलग्रस्त रहे पनि चुनाव त हुन्छ नै भन्ने सम्भावना बोकेका नेता तथा कार्यकर्त्ता आफ्नो अस्तित्व जोगाउन समूह समूहमा बस्न थालेका छन् । निर्वाचनमा मात्र आफूलाई सीमित राख्ने मधेशका दलहरु मधेशको अधिकारवादी सोचबाट निकै टाढा देखिएका छन् । मधेशको वस्तुपरक आधारभूत समस्याको समाधानको दिशा अति जोखिम भएकोले पनि मधेशका नेता शिरोमणीले यो जोखिम उठाउन चाहँदैन । मधेशको अधिकारवादी आन्दोलनको दिशा अवरुद्ध भएपछि निराश भएका नेता शिरोमणीहरु ब्मवगकत गर्ने बानी बसाई सकेकाले पनि त्यो अभिभारा पूरा गर्न सक्दैन र त्यस्ता संकटपूर्ण बाटोमा जान पनि चाहँदैन ।
संविधान सभा समाप्ती पछि मधेशको जनताले उठाएको पहिचान सहितको संघीयता, स्वायत्तता, समावेशी आदि कुराहरु अधुरो अवस्थामा रहेकोले सो सम्बन्धमा यसलाई कसरी प्राप्त गर्ने भन्ने बिषयमा नेताहरुको सोच केन्द्रीत नभई चुनावमा मात्र सीमित रहेकोले यी नेताहरु मधेशका लागि कति विश्वसनीय बन्न सक्दछन्, मधेशका जनतालाई बुझ्न कठीन छैन । त्यसैले त दलहरु अस्तित्व कायम राख्न विभिन्न समान असमान गठबन्धन बनाउँदै हिडेका छन् । राजनीतिमा कजयचत तझच मभबि गर्दै बानी परेका दलहरु कजयचत तजष्लप मा परिणत भई सकेकाले कजयचत mतष्भ ब्ष्भिलअभ गर्दै हिंडेका छन् । लाभको धरातलमा उभिएको गठबन्धन दिगो हुँदैन । गठबन्धन बन्ने बिग्रने, फेरि बन्ने प्रक्रिया चलि रहन्छ । कहाँ लाभ हुन्छ, यो स्वाङ प्रवृति प्रशस्त मात्रामा विकसित भएकोले पनि चुनावमा मात्र मधेशको अधिकार प्राप्त हुने संकीर्ण सोचले मधेश कहिल्यै पनि अधिकार नपाउने निश्चित छ । फुटनेसंग जुटने ताकत हुँदैन । जुटे पनि दिगो हुँदैन । मधेशले सबैलाई अध्यक्ष बनाई दिई सकेपछि कोही सकैको नियन्त्रणमा बस्न चाहँदैन । कसैलाई कसैप्रति विश्वास छैन । मनोगत विचारमा रमाउने, भौतिक साधन प्राप्त गरि दम्भ राख्ने दलहरु मधेशका जनता आफ्नो पछाडि आउनै पर्ने मानसिकतामा अगाडी बढेको देखिन्छ । मधेशका जनताले सबैको हिसाब राखेको कुराबाट अनभिज्ञ आफ्नै तालमा रमाएका यी शक्तिहरु कति सफलता पाउने भन्ने समयले देखाउनेछ । सैद्धान्तिक धरातल नभएका यी दलहरुमा व्यक्तिवाद चरममा रहेका कारण पनि यसले मधेशको अधिकारबारे गम्भीर हुनै सक्दैन र देखिएन पनि । व्यक्तिवादले सह अस्तित्वलाई स्वीकार गर्दैन । गरे पनि क्षण्कि रुपमा मात्र । व्यक्तिवादको प्रभावमा चुर्लुम्म डुबेका मधेशका दलहरु एकअर्कालाई कसरी नष्ट गर्ने, तल झार्ने मानसिकतामा रहेकोले सहकार्य, मोर्चा तथा एकीकरण कसरी सम्भव हुन सक्ला । प्राण त्याग गर्ने तर व्यक्तिवादी चरित्र त्याग गर्न नसक्ने दलहरुबाट तै पनि मधेशले आश गर्नु कत्तिको युक्तिसंगत होला । यही व्यक्तिवादी चरित्रले मधेश आन्दोलन कमजोर, गतिहीन र दिशाविहीन बनेको छ । व्यक्तिवादी तथा अवसरवादी चरित्रले मधेशको समस्यालाई समाधान गर्न गराउन चाहँदैन । यसलाई समस्याकै रुपमा राखी यसको नाममा राजनीति गर्न चाहन्छ । ॅइस्यू’ जीवित रह्यो भने चीरकालसम्म यिनको व्यक्तिवादी राजनीति जीवित रहने हुनाले पनि यिनी समाधान चाहँदैन । व्यक्तिगत लाभका लागि पार्टी विभाजित गर्ने शक्तिहरु राज्य सुविधाका मनोबाँछित उपभोग गरि आफूलाई राजनेता ( मान न मान मै तेरा मेहमान ) को रुपमा स्थापित गरि सकेपछि ॅएकपाटी नीति’ त दुर्भाग्य नै साबित हुनेछ । नियन्त्रण रेखाभन्दा बाहिर अराजक अवस्थामा पुगेका शक्तिहरु पुनश्च नियन्त्रण घेरामा आउन त्यति सजिलो पनि छैन । व्यक्तिवादी चरित्र आफनो फायदामा रमाएको हुन्छ । उसले मधेशको कुरा पनि व्यक्तिगत फायदाका लागि उठाउँछ । मधेशलाई अधिकार सम्पन्न गर्ने महा अभियानका अभियन्ता बन्न सक्दैन । मधेशको नाममा धनकुबेर बन्ने चाहना राख्नेले आन्दोलन जस्तो दुर्भाग्यको कुरा गर्न सक्दैन ।
संविधान सभाको अन्त हुनु तथा पुनश्च संविधान सभा आउन नदिनु संघीयता सहितको संविधान नदिनु नै हो । मधेशलाई फेरि अधिकारविहीन अवस्थामा राख्ने राज्यको साजिश भई रहेको अवस्थामा मधेशको अगाडी आन्दोलनको अर्को विकल्प केही छैन । निर्वाचनले यी सब समस्यालाई समाधान गर्दैन । संघीयता प्राप्त गर्नु मधेशको पहिलो शर्त हो । यसलाई पूरा गराउन संगठित आन्दोलनको आवश्यकता छ । व्यक्तिवादी तथा अवसरवादी चरित्रले यो यथार्थको अपव्याख्या गरि निर्वाचनलाई नै अँगाल्छ । यसैमा उनको लाभ पनि छ । राज्यको चरित्रसंग आफनो चरित्र मिलाएर लाभ लिने यो चरित्र राज्यको सिपहसालार भएरै बाँच्न चाहन्छ । मधेशी भएको कारण न यो राज्यको विश्वनीय बन्न सक्दछ न मधेशको । व्यक्तिवाद, अवसरवाद र यथास्थितिवाद यी सबै मधेश आन्दोलनको दुश्मन भएकोले निश्चय पनि मधेशलाई यी शक्तिहरुको पहिचान गरि कार्यदिशा लक्षित गर्नु पर्दछ र यस्ता शक्तिलाई परास्त गरि आफनो आन्दोलनको दिशालाई निर्दिष्ट गर्नु पर्दछ ।
२०६९ असोज १९ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!